Shikhar Insurance
National Life

काठमाडौंमा भोलिदेखि बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २४, बुधबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल बिमा प्राधिकरणले भाेलि बिहीबारदेखि २७ गतेसम्म काठमाडौंमा बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एसियन इन्स्योरेन्स मिट २०२३ आयोजना गर्ने भएको छ।

विश्वमा नवीनतम् विकाससँगसँगै बिमा क्षेत्रमा देखापरेका नयाँ-नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बिमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बिमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरणसम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बिमा क्षेत्रको भावि गन्तव्यलगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुने कार्यक्रम छ ।

सम्मेलनको मूल विषय बिमा क्षेत्रमा बढ्दै गएका जोखिम न्यनिकरण ‘विल्डिङ रिजिलियन्स अफ इन्सुरेन्स टुर्वाड्स इर्मजिङ रिक्स्’ रहेको छ । सम्मेलनको आयोजनमा इन्टरनेशनल एसाेसिएसन अफ इन्स्योरेन्स सुपरवाइजर (आइएआइएस), एशियन डेभलपमेन्ट बैंक, एसेस टु इन्सुरेन्स इनिसिएटिभको सहयोग छ ।

सम्मेलनको आयोजनाबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, नियामकीय काम कार्यवाहीलाई अझ परिष्कृत बनाउन, बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन, बीमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न, बिमा क्षेत्रलाई बदलिँदो परिवेश अनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बीमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाललगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसियालगायतका देशका बिमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहनेछ ।

यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्ता, बिमाङ्की, बिमा ब्रोकर, बिमा विज्ञ र विभिन्न बिमा सेवा प्रदायक सङ्घ संस्थाका ३ सय ५० बढी पदाधिकारीको सहभागिता रहने आयाेजकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्