Shikhar Insurance
National Life

विकास बैंकका कर्मचारीलाई एनएफआरएस–९ तालिम

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २४, बुधबार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसाेसिएसनले तीनदिने ‘एनएफआरएस–९ तालिम’ तालिम सुरु गरेको छ । उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । तीन दिनसम्म चल्ने उक्त तालिममा विकास बैंकका वित्त, लेखापरीक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको थियाे ।

कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एसाेसिएसनले यस्तो अग्रसरता लिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एसाेसिएसनले योजनाबद्धरुपमा आफ्ना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न यस्तो तालिम आवश्यक पर्ने बताए । इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेलले विकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफूहरु सदैव तत्पर रहेको बताए ।

डेभलपमेण्ट बैंकर्स एसाेसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने विषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्