काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशको बिर्तामोड र इटहरी, मधेस प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उपशाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब १ हजार जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
२०८० साल वैशाख ७ गते बिर्तामोडको सेन्ट्रल पोइन्ट होटल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४ सय जना , वैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४ सय ५० जना, वैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एन्ड पार्टी प्यालेसमा ५ सय ७० जना , वैशाख १६ गते वीरगन्जको होटल शाह दरबारमा ४ सय ५० जना, वैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४ सय ६० जना, वैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५ सय जना, जेठ ५ गते काठमाडौंको अनमोल ब्याङ्क्वेटमा ७ सय जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३ सय ५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३ सय ४० जना, जेठ १३ गते टीकापुरको होटल सिद्धार्थमा ३ सय ६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५ सय ५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५ सय ५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४ सय जना गरी कुल ६ हजार ८० जना अभिकर्ताले तालिम प्राप्त गरेका छन् ।
पोखरामा जेठ २२ गते सोमबार आयोजित कार्यक्रममा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकालको पनि उपस्थिति थियो । सोही कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्र पंंगतिमा रहेको हुनाले यस क्षेत्रमा बिमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेको बताए ।
साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले बिमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।
यस कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बिमा अभिकर्ता पेसा ठूलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नक निम्ति प्रचुर सम्भावना भएको क्षेत्र हुनाले आम्दानी र व्यवसायभन्दा माथि उठेर बिमा अभिकर्ताको रूपमा सामाजिक र मानवीय धर्मका रूपमा पेसालाई अंगिकार गर्न प्रेरित गरे ।
प्रतिक्रिया दिनुहोस्