Shikhar Insurance
National Life

घोराही सिमेन्टको प्रिमियम आईपीओ जेठ ३२ देखि, भर्ने कि नभर्ने ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २४, बुधबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्रिमियम मूल्य वाला आईपीओ जेठ ३२ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नागरिकहरु, सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्रि गरिसकेपछि सर्वसाधरणको लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ करोड ११ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छिटोमा असार ४ र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन पाइने आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म भर्न पाइन्छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् ।
कम्पनीको आईपीओले केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ।

त्यसैगरी, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्