Shikhar Insurance
National Life

आइएमई लाइफले पायो प्रिमियममा आईपीओ ल्याउने अनुमति, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बिमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए सँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

कम्पनीले २७६ रुपैयाँ प्रतिकित्ता मूल्य कामय गरेर आईपीओ निष्काशनका लागि अनुमति मागेको थियो । बोर्डले कम्पनीको प्रस्तावमा ३९.०९ रुपैयाँले घटाएर आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले आईक्यानका उपाध्यक्ष तथा बोर्डका सञ्चालक सुजन कुमार ढुंगानाको नेतृत्वमा उप समिति गठन गरेर अध्ययन गराएको थियो । उप समितिको प्रतिवेदन अनुसार मूल्य घटाएर अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनका लागि स्विकृति भएको उल्लेख गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिति रहेको छ ।

यसैगरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित बिभिन्न कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित यस आईएमई.लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक बिकासमा बिमा क्षेत्रबाट अर्थपूर्ण सहभागिता जनाउनु यस कम्पनीको उद्देश्य छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्