Shikhar Insurance
National Life

एलजी ओलेड टिभीः एक दशकसम्म शीर्ष स्थानमै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडाैं। ओम्डियाका अनुसार ६० प्रतिशत बजार हिस्सा ओगटेर सन् २०२३ को पहिलो त्रैमासिकमा बजारमा एलजी ओलेड टिभी अरू प्रतिस्पर्धी ब्राण्डहरुभन्दा शीर्ष स्थानमा छ ।

१ सय ३० भन्दा बढी राष्ट्रमा बिक्री भइरहेको एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध ओलेड टिभी हो । गत वर्ष एलजी ओलेड टिभीहरुको संचित कुल ढुवानी (२०१३ मा उपलब्ध भए देखि) १५ मिलियन एकाइको आँकडा नाघेको थियो जसकारण यस कोसेढुङ्गा पुग्ने एलजी पहिलो टिभी ब्राण्ड भएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थप रुपमा, एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम३) जस्ता इन्डस्ट्री–लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा–लार्ज प्रिमियम टिभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ, जुन मोडल विश्वकै पहिलो कन्ज्युमर टिभी हो जसले ४के १२० हर्जसम्मको रियल–टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउँछ ।

पहिलो त्रैमासिकमा एलजीको ओलेड टिभी र एलसिडी टिभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियन एकाइहरु थिए, जसमा ओलेड टिभीको हिस्सा मात्र ७३८,००० एकाइ थियो । यसबाहेक, एलजीले २०२३ को पहिलो त्रैमासिकमा आम्दानीको आधारमा विश्वव्यापी टिभी बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।

गत वर्षको यही त्रैमासिकको तुलनामा कम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको छ । यसको प्रमुख कारण भनेको विश्वव्यापी बजारमा आएको मागको कमी र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै हो । तैपनि एलजी ओलेड टिभीको बिक्री सशक्त रहेको छ जुन कम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टिभी बिक्रीको ३० प्रतिशतभन्दा बढी रहेको छ ।

पहिलो त्रैमासिकमा विश्वव्यापी टिभी ढुवानी घटेर ४६.५२ मिलियन एकाइ पुगेको छ जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो । यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममा यसमा सुधार आउनेमा ओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन एकाइ पुग्ने प्रक्षेपण गरेको छ, जुन पछिल्लो वर्षको तुलनामा थोरै बढी हुनेछ ।

ओलेड टिभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा छ । २०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्यसम्ममा ओलेड टिभीले प्रिमियम टिभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ । विगत केही वर्ष देखि ओलेड टिभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टिभीहरुको बजार बढ्ने आकलन गरिएको छ ।

एलजीले विभन्न स्कृन साइजहरुः ४२ देखि ९७ इन्चसम्म ८के र ४के अप्सनहरु र छनौट गर्नको लागि प्रिमियम डिजाइनहरुसहितको ओलेड टिभीहरु बजारमा लिएर आएको छ । सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टिभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्छ ।

एलजी प्रिमियम ओलेड टिभी लाइनअपमा एलजी ओलेड इभो शृङ्खलाहरु प्नि समावेश छन्, जसले उच्यालो, जीवन्त भिजुअल दिन्छ र एलजी लाइफस्टाइल स्क्रिन जसले विशिष्ट डिजाइनहरुमा आकर्षक पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ । यस वर्ष विश्वको ४० राष्ट्रहरुमा एलजी ओलेड अब्जेट कलेक्सन पोसे, लाइफस्टाइल स्क्रिन परिवारको सदस्य, उपलब्ध हुनेछ ।

११ वर्षदेखि एलजी ओलेडले वार्षिक सिइएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै “बेस्ट टिभी अफ द इयअर” को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्