Shikhar Insurance
National Life

मंगलबार नेप्से २५.६६ अंकले बढ्यो, २ अर्बकाे काराेबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अंकले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १.३५ प्रतिशतले बढेर १ हजार ९ सय २७.६५ अंकमा कायम भएको छ ।

आजको कारोबारमा २ सय ६९ कम्पनीको ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता सेयर ३६ हजार १ सय १८ पटक खरिद बिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ४३१.६९ र होटल तथा पर्यटन समूहको उपसूचक १५६.९४ अंकले बढेको छ ।

बैंकिङ समूह १.८०, विकास बैंक २७.४८, वित्त १८.५५, जलविद्युत् ७५.७५ र लगानी ०.६६ अंकले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२.४६, म्युचुअल फन्ड ०.१८, व्यापार २९.८४ र अन्य समूह ३.९५ अंकले बढेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को सेयर मूल्य ३.०४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३ बराबरको दुई लाख ८४ हजार ९ सय ५५ कित्ता सेयर किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्