Shikhar Insurance
National Life

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानुनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकारसमेत हनन गरेको छ ।

वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाइमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरी र्यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको छ । करेन्ट चाउचाउले आफूलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रालीले उद्योग विभागमा मुद्दा दायर गरिसकेको छ । पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरू कसैले नक्कल गर्न हुँदैन भनिएको छ । उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्बन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ । सीजी फुड्सले यही कानुन अनुसार करेन्ट चाउचाउ माथि कारबाही हुनुपर्ने माग गरेको छ । कानुनले यससम्बन्धी निर्णय गर्ने अधिकारी उद्योगका विभागका महानिर्देशकलाई तोकेको छ ।

विभाग सम्बद्ध अधिकारीहरूका अनुसार सीजी फुड्सले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्धा लामो समयदेखि विचाराधिन अवस्थामा छ, जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ भने विश्वमै स्थापित उपभोक्ताको सर्वप्रिय ब्राण्ड वाइवाइमाथि अन्याय भएको छ ।

ठूला र स्थापित ब्राण्डका उत्पादन प्रतिउपभोक्ताको विश्वास हुन्छ । उक्त विश्वास आर्जन गर्न कम्पनीले लामो समय र ठूलो वित्तिय लगानी गरेका हुन्छन् । त्यसको दुरूपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ । यस्तो प्रवृत्तिले स्थापित ब्राण्डलाई भने ठूलो नोक्सानी पुर्याउँछ । स्थापित ब्राण्डको नक्कल गर्नेहरुको केही दिनमै उपभोक्तालाई भ्रममा पारेर मुनाफा कमाउने र वास्तविकता खुलेपछि उत्पादन बन्द गरिदिने प्रवृत्ति देखिएको छ ।

पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । स्थापित वस्तुहरुको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरि गरेर कम लागतमा धेरै मुनाफा आर्जन गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्तिलाई बौद्धिक सम्पत्ति संरक्षणका विज्ञहरूले अर्काको बौद्धिक सम्पत्ति दुरुपयोग गरेर खान पल्केको समूहका रुपमा टिप्पणी गर्दै आएका छन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्