काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोटबिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो ।
बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रंगशाला परिसर, रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको यस बृहत् वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिकलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता थियो ।
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्