काठमाडौं । अर्थमन्त्ती डा. प्रकाशशरण महतले एफपीओ र मर्जर एक्विजिसनको बार्गेन पर्चेज गेनको करमा चित्त नबुझ्नेहरु अदालत गए हुने बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा उनले आर्थिक विधेयकको व्यवस्थाबारे चित्त नबुझ्नेहरु अदालत जान सक्ने बताएका हुन् । महालेखा परीक्षकको कार्यालयले नै बेरुजु लेखेको हुनाले आफूले आर्थिक विधेयकमा समावेश गरेर छुट सुबिधा दिएको दाबी पनि उनले गरे ।
‘बैंकको करको विषयमा महालेखाले बेरुजु लेख्यो । यसको गलत बुझाई छ। यो उठाउनु पर्ने किन नउठाएको भनि कानुनी प्रश्न गरेको छ । यसमा गर्नुपर्ने विषयमा पनि छन् । मैले केही नगर्या भए पनि उठाउनुपर्छ। कानुनको अन्तिम व्याख्या गर्ने अधिकार अदालतको हो, चित्त नबुझ्नेहरु अदालत गए हुन्छ।’, अर्थमन्त्री डा. महतले भने ।
उनले अदालत गएर कानुनको व्याख्या गराएर आउन पनि बैंकहरुलाई सुझाव दिए । मन्त्री डा. महतले सेयर बजारमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिइरहेको आरोप पनि लगाए । उनले त्यस्तो अवस्थाको तथ्य पत्ता लगाउन छानबिन गरिनुपर्नेमा पनि जोड दिए । मन्त्री डा. महतले करको दरमा मनपरी गर्न नपाएर केही व्यवसायीहरु रिसाएको आरोप पनि लगाए ।
आफूमाथि लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौती दिए । मन्त्री महतले भने, ‘म सबैसामू चुनौती दिन चाहन्छु आरोपको पुष्टि गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’ बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरु रिसाएका मन्त्री महतले बताए।
‘संसदीय क्षेत्र विकास कार्यक्रम हो, यसलाई कोष भन्न मिल्दैन । यसमा सम्बन्धित सांसदको सुझाव मात्रै हुन्छ। सांसदले सिफारिस मात्रै गर्ने हो । यो पुँजीगत खर्च हो । सासंदहरुले आफू खुशी गर्ने होइनन। उनीहरुको रोल कार्यक्रम छनोट मात्रै हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण छैन’, मन्त्री डा. महतले भने ।
उनले आन्तरिक ऋण न्युन उठाउनुपर्नेमा आफु पनि कन्भिन्स भएको पनि बताए । ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिगौं भन्ने हुन्छ। हामी जुन डेडिकेसनमा काम गरिरहेका छौं। बजेटले लिएको लक्ष्य पूरा गर्न सकिन्छ’, डा. महतले भने ।
राजश्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय बारे आफु जानकार रहेको पनि बताए । निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनी माग गरेका छन् । हामीले कम्तीमा तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको छ’, डा. महतले भने ।
उनले करका दरहरु चलाउन बाहिरका कसैलाई पनि प्रवेश नदिएको स्पष्ट पारे । ‘म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए। अहिले लिन नपाएको हुन सक्छ। मन्त्री महतले भने म चुनौति दिएर भन्न चाहन्छु। इमान्दार इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन।’
आयातमा रमाइरहेका व्यापारीहरु बढी रिसाएका मन्त्री मतहले बताए। ‘विद्युतीय गाडीमा सामान्य हेरफेर गरिएको छ। लजिकल प्रोग्रेसन गरिएको छ। धेरै कुरा आएका थिए। न त मैले इभी वालाको सुने न त पेट्रोलियमको पनि कुरा आएका थिए। मैले चाहिने कुरा मात्रै सुने ’, डा. महतले भने ।
प्रतिक्रिया दिनुहोस्