Shikhar Insurance
National Life

कच्चापदार्थको कर वृद्धिले १ खर्ब पुँजी तथा १५ हजार रोजगारी संकटमाः घ्यू तेल उत्पादक संघ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ काे बजेटमा भएको कच्चापदार्थको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको प्रवधानले नेपाली वनस्पति घ्यू तेल उद्याेग चल्न नसक्ने अवस्थामा पुगेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बताएकाे छ  ।

भारतमा करको दर व्यापक रूपमा भएको तर नेपालमा भने एकैपटक भन्सार र भ्याट गरेर करिब २३ प्रतिशत वृद्धि भएकाले नेपाली उद्याेग थला परेको तथा ताला लगाउनुपर्ने अवस्था आएको संघका उपाध्यक्ष अमित मोरले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मोरले भने- ‘ भारतमा घ्यू तेलमा भन्सार महसुल १ प्रतिशत र जिएसटी ५ प्रतिशत  जिएसटीमा उत्पादन हुन्छ । तर, नेपालमा करको यो भारीले हामी उद्याेग चलाउन नसक्ने अस्थामा पुगेका छाैं। करिब १०० अर्ब लगानी १५ हजार रोजगारी रहेको यो क्षेत्र अब चल्न नसक्ने अवस्थामा पुगेको छ । हामीले बिगत १० महिनामा १० अर्बभन्दा धेरै नोक्सान खाइसकेका छाैं अब नोक्सान ब्यहोर्न सकिँदैन ।’

कर बढी हुँदा मूल्य बढ्छ र यसले भारतीय सस्ता उत्पादनको नेपालमा अनधिकृत आयात हुन्छ । गत वर्षमात्रै कम्तीमा ५० हजार मेटि्कटन अनधिकृत आयात भएको हाम्रो आकडा रहेको छ । जसले नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्न जान्छ । यो अवस्थाको छिट्टै सामाधान गरोस् भन्ने हाम्रो आशा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्