काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको रिलायबल म्यादी जीवन बिमा गरको छ । बुधबार क्रिकेट खेलाडीहरुको म्यादी जीवन बिमा गरेको रिलायबल इन्स्योरेन्सले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीको बिम गरिएको जनाएको हाे । उक्त बिमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सहयोगले अझ बढी प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । कम्पनीले हालसम्म ५० लाखभन्दा बढी बिमालेख जारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्