Shikhar Insurance
National Life

नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण, पानी जहाज सञ्चालनको बाटो खुल्यो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्त्वपूर्ण मानिने नेपाल-भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भएको विभिन्न समझदारीमध्ये सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्