Shikhar Insurance
National Life

रोजगार मेलालाई नियमित रूपमा आयोजना गर्न कम्पनीहरूको सुझाव

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ । उक्त मेला जेठ १६ देखि सञ्चालन गरिएको थियो । रोजगार मेलाले युवालाई महासंघसँग जोड्न सहयोग गरेको विश्वास महासंघले लिएकाे छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो । मेला मार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीहरूले रोजगार मेलामा भाग लिन आएका युवाहरुलाई मेलापश्चात् थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

मेलामा २ हजारभन्दा बढी युवाले अवलोकनका लागि रजिष्ट्रेसन गरेका थिए । नेपाल सरकारका उच्च अधिकारीहरू, विभिन्न तालीम केन्द्रका पदाधिकारीहरू तथा प्रशिक्षार्थीहरू, विश्व विद्यालयका विद्यार्थीहरू, उद्यमी व्यवसायीहरू, सञ्चारकर्मीहरूले मेलाको अवलोकन गरेका थिए ।

कामको खोजीको लागि चारतिर भौतारिनु पर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउंमा कम्पनीहरू तथा कामको खोजीमा रहेकाहरूलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी युवाहरूले बताएका छन् । यस्ता कार्यक्रम महासंघले नियमित रुपमा गर्नुपर्ने सुझाव पनि सहभागी कम्पनीहरूको छ ।

महासंघको वस्तुगत परिषदका सभापति हेमराज ढकालको सभापतित्वमा आयोजित रोजगार मेलाको उद्घाटन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । रोजगार मेला महासंघको वस्तुगत परिषद्को पहलमा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष निरक केसीले रोजगार मेलाले कामको खोजीमा रहेका युवाहरूलाई ठूलो सहयोग गरेको बताए । पहिलोपटक आयोजना भएको यो कार्यक्रमको अनुुभव समेतलाई लिएर महासंघले अवका दिनमा यसलाई निरन्तरता दिने पनि उनले जानकारी गराए ।
साथै उनले रोजगार मेलालाई सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने नेपाल सरकार, आइएलओ, मेरो जब, रोजगार सेवा केन्द्र, सहभागी कम्पनीहरू, महासंघका सदस्य संघ संस्थालाई धन्यवादसमेत दिए।

कामको खोजीमा रहेका युवाहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको थियो ।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटन लगायतका क्षेत्रसंग सम्बद्ध कम्पनीहरूको सहभागिता थियो । मेलामा आइएमई मोटर्स, गोल्छा अर्गनाइजेसन, लक्ष्मी ग्रुप, पंचकन्या ग्रुप, चौधरी ग्रुप, सुुगम ग्रुप, यूएनएफपीए,वरुण वेभरेज, दराज, सिंघाग्रुप, नेपाल डिष्टिलरी प्रालि, रोजगारी डटकम, सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर, काठमाडु वर्ल्ड स्कुल, कोडअभटार, लिपफ्रग, एमआइटिएल, भुरिलो, हिटाची इनर्जीको सहभागिता थियो ।

त्यसैगरी सोर्स कोड प्रालि मेरोजव,फिरन्ते ट्रेक्स एण्ड एक्सिपिडसन्स, स्वीफ्ट ग्रुप,फ्लोरा हिमालयन लिमिटेड, लस्ट होराइजन ह्याण्डीक्राफ्ट, एचएलई नेपाल, कार्पेन्टर्स स्टप प्रालि, शेर्पा हस्पिटालिटी ग्रुप, के एण्ड के, आउटसोलू, नाङलो बेकरी प्रालि, एफवान सफ्ट, प्रविधि ल्याव्स, केएनपी नेरोल्याक,पूर्ण इन्टरप्राइजेज प्रालि, सब्जी ल्याण्ड, एचआर ल्याव्स, दि टेरेस, इविओ डिजिटल, यूनी कन्सल्टयान्स अलायन्स,रोसी टुर्स एण्ड ट्राभल्स प्रालि, ग्रेट नेपाल होलिडेज, रिभरसाइड स्प्रीन्ज रिसोर्ट, होटल आम्वासडर, आइफ्लाई, डाइनामिक आइडियाज नेपाल, नेपाल डिष्टिलरी प्रालि, नेपाल सिपिङ अलायन्स, सुगम ग्रुप, काठमाडौं मोडल कलेज र वल्र्ड लिंकलगायतका कम्पनीको सहभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्