काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा उड्नु केही क्षण अघि विवादास्पद नागरिकता विधेयकमा लाल मोहर लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।
अघिल्लो पटक देउवा सरकारले प्रमाणीकरणका लागि पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्या भण्डारीले फिर्ता पठाएकी थिइन् ।
राष्ट्रपति पौडलले संविधान र सर्वाेच्च अदालतबाट प्रतिपादित सिद्धान्तअनुसार विधेयक प्रमाणीकरण गरेको बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारले भारतीय संस्थापन पक्षको चासोअनुसार नागरिकता विधेयक प्रमाणीकरण गराएर भ्रमण आरम्भ गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्