Shikhar Insurance
National Life

भीमसेन थापा पालिकाद्वारा विपन्न महिलालाई ढाका बुन्ने मेसिन प्रदान

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १७:१७
Hyundai
NCELL
NIMB

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अति विपन्न महिलालाई स्वरोजगार बनाउन तालिमसँगै ढाका बुन्ने मेसिन प्रदान गरेको छ । सोह्रौँ गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले भीमसेन थापा लोककल्याणकारी कोषबाट सो मेसिन प्रदान गरेको हो ।

अति विपन्न रुपा सुनारलाई स्वरोजगार बनाउन ढाका बुन्ने मेसिन प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। सुनारलाई गाउँपालिकाले ढाका बुन्ने तालिम समेत निःशुल्क दिएको थियो । तालिम प्रदान गरी दक्ष बनाएर मेसिन उपलब्ध गराएको उनले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै पालिकामा लोककल्याणकारी कोष स्थापना गरेको छ । सोही कोषबाट  सुनारलाई आर्थिक आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ढाका बुन्ने मेसिन उपलब्ध गराएको हो ।  लामो समयदेखि आर्थिक अवस्थाका कमजोर भएका कारण दैनिक रुपमा गुजारा चलाउन समस्या भएपछि सुनारलाई गाउँपालिकाले तालिम दिएर आयआर्जन गर्न सक्ने बनाएको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीय सरकारको प्रत्याभूति गराउने गरी विशेष बहुप्रकोपिय बीमा कार्यक्रममा आवद्ध गराउन तथा अशक्त, असाहाय तथा विपन्नको हकमा विशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरेको थियो । कोषमा पहिलो गाउँपालिका अध्यक्षले आफ्नो पहिलो महिनाको सेवा सुविधाबाट आएको रकम उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरेका हुन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्