काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा एउटा डिजिटल बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा डिजिटल बैंक स्थापना गरिने उल्लेख गरिएको हो । त्यस्तो डिजिटल बैंक स्थापनाको प्रक्रिया नेपाल राष्ट्र बैंक मार्फत अघि बढाउनुपर्नेछ ।
हाल क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्था तथा घ वर्गका लघुवित्त कम्पनीहरुले लाइसेन्स पाएका छन् भने पूर्वाधार विकास बैंकले पनि छुट्टै लाइसेन्स पाएको छ ।
प्रतिक्रिया दिनुहोस्