Shikhar Insurance
National Life

निर्यात र आयात दुबै घट्दा, विदेशी विनिमय सञ्चिति भने १५.२ प्रतिशतले बढ्याे

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको शुरुवातदेखि नै वस्तु निर्यात र आयात दुवै घटेको छ। आर्थिक वर्ष २०७९/८० को फागुनसम्म वस्तु आयातमा उच्च सङ्कुचन आएको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म कुल वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १ खर्व ४ अर्ब ८० करोड रहेको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले बढेको थियो भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको थियो।

आर्थिक वर्ष २०७/७९ मा वैदेशिक व्यापार २६.१ प्रतिशतले वृद्धि भएपनि चालु आर्थिक वर्षको फागुनसम्म २०.१ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८र७९ मा वस्तु निर्यात ४१.७ प्रतिशत र आयात २४.७ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा कुल वस्तु व्यापारमा निर्यातको अंश ९.० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ फागुनसम्म यस्तो अंश १०.१ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म जिङ्क सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, चिया लगायतका वस्तुको बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म कुल वस्तु आयात १९.१ प्रतिशतले कमी आई १० खर्व ५८ अर्ब ३९ करोड रहेको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म भारत, चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म कुल वैदेशिक व्यापार २०।१ प्रतिशतले कमी आई ११ खर्ब ६३ अर्ब १८ करोड कायम भएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा कुल वैदेशिक व्यापार ४२.१ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब ४८ करोड पुगेको थियो।

निर्यातरआयात मूल्य सूचकाङ्‍क

वार्षिक विन्दुगत आधारमा २०७९ फागुन महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्‍क ४.१ प्रतिशत र आयात मूल्य सूचकाङ्‍क ६.० प्रतिशतले बढेको छ। २०७९ फागुन महिनामा व्यापारको शर्त १.७ प्रतिशतले घटेको छ।

व्यापार सन्तुलन, शोधनान्तर र विप्रेषण

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म कुल वस्तु व्यापार घाटामा १७.९ प्रतिशतले कमी आई ९ खर्व ५३ अर्ब ५९ करोड रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्व ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ४ खर्व ६० अर्ब ७२ करोडले घाटामा रहेको चालु खाता आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ। आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनको २०८ प्रतिशत रहेको थियो।

विदेशी विनिमय सञ्चिति

२०७९ असार मसान्तमा १२ खर्व १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्व १ अर्ब २१ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड रहेको छ।

२०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चितिको अंश ८८.८ प्रतिशत रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

प्रत्यक्ष वैदेशिक लगानी

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले कम भई १ अर्ब १७ करोड रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १६ अर्ब ३० करोड रहेको थियो।

२०७८ असारमसान्तमा प्रत्यक्ष वैदेशिक लगानी दायित्व २ खर्ब २७ अर्ब ९५ करोड रहेकोमा २०७९ असार मसान्तमा २ खर्व ४६ अर्ब ५१ करोड कायम भएको छ।

विनिमय दर

२०७८ फागुनमसान्तको तुलनामा २०७९ फागुनमसान्तमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ ७.२ प्रतिशतले अवमूल्यन भएको छ। २०७९ फागुनमसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३१.१० पुगेको छ। २०७८ फागुनमसान्तमा उक्त विनिमय दर १२२.२५ रहेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्