Shikhar Insurance
National Life

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखियोः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । संघीय संसदमा आइतबार आर्थिक सर्वेक्षण, २०७९/८० को प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताएका छन् ।

‘विश्व आर्थिक गतिविधिमा आएको सुस्तता सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । यसको प्रभाव थोक तथा खुद्रा व्यापार, निर्माण उत्पादनमूलक उद्योगलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन आई चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र अर्थमन्त्री डा. महतले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत अर्थमन्त्री डा. महतले बताए । पछिल्लो समय पेट्रोलियम पदार्थको निरन्तरको घट्दो मूल्यका कारण अन्य वस्तु तथा सेवाको समेत उपभोग्य बजार मूल्य घट्ने देखिएको छ’ डा. महतले भने ।

विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्रसमेत सुधारात्मक रहेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्