Shikhar Insurance
National Life

सार्वजनिक ऋण फागुन मसान्तसम्म २० खर्ब ८० अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं। संघीय संसदमा आइतबार आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको बताए ।

२०७९ फागुनसम्म आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड रूपैयाँ र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ गरी संघीय सरकारको सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्ब ६ करोड रूपैयाँ पुगेको अर्थमन्त्री डा. महतले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ८७ अर्ब २० करोड रूपैयाँ बराबरको आन्तरिक ऋण परिचालन भएको छ । २०७९ असारसम्म सार्वजनिक ऋण दायित्व २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी १ खर्ब ३७ अर्ब १२ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा ७२ अर्ब ५८ करोड रूपैयाँ बराबरको सहायता परिचालन भएको अर्थमन्त्री डा. महतको भनाइ छ । साे अवधिमा ५३ अर्ब ४४ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्