Shikhar Insurance
National Life

प्रचण्डले जेठ १७ देखि भारत भ्रमण गर्ने, छोरी गंगा दाहाल पनि सँगै जाने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १३, शनिबार १९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेको बताएको हो । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गा दाहाल रहनेछिन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमणदलमा मन्त्रीहरू, सचिवहरू र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्रीको भ्रमणका क्रममा जेठ १८ गते भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखेरसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’लाई सम्बोधन एवं अन्तरक्रिया गर्नेछन् ।

यस्तै प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नेछन् । यस्तै भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन् ।

त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्रीले मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको सदिऔं पुरानो बहुआयामिक र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्