बीबीसी । संयुक्त राष्ट्र संघका अनुसार चीनलाई पछि पार्दै भारतले पृथ्वीको सबै भन्दा धेरै आवादी भएको देशका रुपमा आफुलाई स्थापित गरेको छ ।
अब सबै भन्दा ठूलो प्रश्न यो छ की एक अब एक विश्व शक्तिका रुपमा के भारतले आफ्नो छिमेकी चिनलाई पछि पार्न सक्छ ?
अर्थतन्त्रको आकार, भूराजनैतिक दबदबा र सैन्य शक्तिका मामलामा बेइजिङ पनि धेरै अगाडी छ । तर विज्ञहरु भन्छन की अब यो तस्विर बदलिरहेको छ ।
अर्थशास्त्रमा सन २००१ का नोबल पुरस्कर बिजेता माइकल स्पेंसका अनुसार अब भारतको समय आईसकेको छ । प्रोफेसर माइकल स्ट्याण्डफोर्ड युनिभर्सीटीमा डिन छन्, उनले बीबीलाई भने की–भारतले चाँडै चिनसँग बराबरी गर्नेछ । चिनियाँ अर्थतन्त्रको गति सुस्त हुनेछ तर भारतको गति घट्ने छैन् ।’
तर चुनौती पनि कम छैन
चीन संसारको दोश्रो ठूलो अर्थतन्त्र हो र भारतको तुलनामा पाँच गुणा ठूलो अर्थतन्त्र छ । जबकी भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो ।
भारतमा मध्यम वर्गको जनसंख्याको आकार सानो छ र चिनको जसरी विकास गर्नका लागि भारतले शिक्षा, जीवनस्तर, लैंगिक समानता र आर्थिक सुधारमा भारी लगानी गर्नुपर्नेछ ।
सबै भन्दा ठूलो कुरा यो छ की ग्लोबल सुपर पावर बन्नका लागि जनसंख्या र अर्थतन्त्र मात्रै पर्याप्त हुने छैन् । यो भूराजनीतिक र सैन्य शक्तिमा निकै धेरै निर्भर रहनेछ । र यी क्षेत्रमा भारत निकै पछाडी छ ।
यद्यपी सफ्ट पावरले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । भारतको बलिउड फिल्म उद्योग संसारभर भारतको छवि बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । नेटफ्लिक्समा यसको प्रदर्शन शानदार हुने गरेको छ ।
तर चिनको तिब्र रफ्तारमा अघि बढिरहेको चलचित्र उद्योग चाईनाउडले पछिल्लो समय बलिउडलाई पछि पारिसकेको छ । पहिलो पटक उसले सन २०२० मा बक्स अफिसमा संसारभरको रेकर्ड तोडिदिएको छ । सन २०२१ मा पनि उसले दोश्रो पटक आफ्नै रेकर्ड तोडिसकेको छ ।
भारतीय अर्थतन्त्रको गति
आज भारतमा हरेक दिन ८६ हजार शिशु जन्मन्छन् जबकी चीनमा ४९ हजार ४ सय शिशु मात्रै जन्मन्छन् । न्युन जन्मदरका कारण चिनिया जनसंख्या खुम्चिरहेको छ र यो शताब्दीको अन्त्यमा एक अर्ब भन्दा कम हुनेछ ।
संयुक्त राष्ट्र संघको भनाई छ की सन २०६४ सम्म भारतको जनसंख्या निरन्तर बढिरहनेछ । त्यतिबेला भारतको जनसंख्या १ अर्ब ४ करोडबाट बढेर एक अर्ब ७ करोड पुग्नेछ ।
यसले भारतलाई जनसांख्यिक लाभ उपलब्ध गराउनेछ । काम गर्न सक्ने जनसंख्या बढि भएकाले आर्थिक विकासको गति पनि बढ्नेछ । जसलाई डेमोग्राफिक डिभिडेण्ड पनि भनिन्छ ।
न्युयोर्कको न्यु स्कुलमा भारत–चीन इन्स्टिच्युटका डाइरेक्टर प्रोफेसर मार्क फ्रेजियरका अनुसार १९९० को दशकमा जुन सुधारका काम भारतले गरेको थियो, त्यसको लाभ प्राप्त भैरहेको छ । फेरि पनि कामकाजी जनशक्ति, शिक्षा, स्वास्थ्य लगायतको बिषयले अर्थतन्त्रमा बिशेष महत्व राख्दछ ।
हालै एप्पल र फक्सवागेन जस्ता बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गरेको भए पनि भारतीय कर्मचारीतन्त्रको व्यवहार र अस्थिर नीतिका कारण कतिपय विदेशी लगानीकर्ताहरु निरास हुँदै बाहिरिएका पनि छन् ।
प्रोफेसर प्रेजियर भन्छन् की, १९ औं शताब्दीमा जति ठूलो जनसंख्या भयो त्यति नै शक्तिशाली मानिन्थ्यो । विश्व बैंकका अनुसार आज काम गर्ने उमेर भनेको १४–६४ वर्षका आधा भारतीय मात्रै रोजगार छन् । अर्थात काम गर्ने उमेरका आधार भारतीय नागरिक वास्तवमा रोजगारीको खोजीमा छन् ।
महिलाहरुको कुरा गर्ने हो भने २५ प्रतिशतले मात्रै रोजगारी पाएका छन् । जब की चिनमा यस्तो संख्या ६० प्रतिशत र युरोपमा ५२ प्रतिशत छ ।
१९८० र १९९० को दशकमा लगातार सुधारपछि चिनियाँ अर्थतन्त्र संसारकै तिब्र गतिमा वृद्धि भएको हो । तर कोरोना, बुढो हुँदै गएको जनसंख्या र पश्चिमसँगको तनाबका कारण चीनको विकास दरमा असर परेको थियो । भारतको जीडीपीको रफ्तार पहिले नै चीनको भन्दा तिब्र छ । र आइएमएफका अनुसार यसको गति निरन्तर रहने सम्भावना पनि छ ।
प्रोफेसर स्पेंस भन्छन–यदि चीन सन २०३० सम्म ४ वा ५ प्रतिशतको वृद्धि गर्न सफल भयो भने त्यो सानदार उपलब्धि हुनेछ । मानिसहरु यस्तो सोच्न सक्छन् की जुन देश ८।९ प्रतिशतको वृद्धिदर हासिल गरिरहेको देशका लागि यो आँकडा न्युन हो तर त्यसरी सोचिनु पनि ठिक हुन्न ।’
उनका अनुसार चीन अब करिब करिब अमेरिकाकै जस्तो अवस्थामा छ, अमेरिका पनि कहिल्यै ८,९, १० प्रतिशतको वृद्धिदर हासिल गरेन्, ऊ आफ्नो उत्पादकत्व दरमा भर परिरहेको छ, मलाई लाग्छ की शिक्षा, विज्ञान र प्रबिधिमा व्यापक लगानी गरेर त्यो सफलता हासिल गरिरहेको पनि छ ।’
भूराजनैतिक विकल्प
भारत यस बर्ष जी–२० समिटको मेजमानी आयोजना गर्दैछ । यो फोरमबाट भारत आफुलाई प्रवर्द्धन खोजिरहेको छ । किन की यो फोरमका देशहरुले संसारको ८५ प्रतिशत सम्पति ओगटिरहेका छन् ।
अमेरिका डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै एकातिर संसारका शक्तिशाली देशहरुसँग चिनको सम्बन्ध बिग्रिएको छ । अर्काेतिर चीनले रुस, दक्षिण अफ्रिका, साउदी अरबदेखि युरोपियन युनियन समेत १२० देशसँग चीनको मुख्य आर्थिक साँझेदारी बढिरहेको छ । यसको साथै कैयौं ट्रिलियन डलरको लागतबाट बनिरहेको बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) परियोजनाले बिदेशमा चिनियाँ राजनीतिक प्रभाव बढाईरहेको छ ।
पश्चिमले भारतलाई आफ्नो मुख्य राजनैतिक सहयोगी ठान्दछ । दोश्रो तर्फबाट संयुक्त राष्ट्र सुरक्षा परिषदमा बेइजिङसँग पाँच सिट छ । यसको अर्थ यो हो की बेइजिङसँग भिटोको शक्ति छ ।
अहिले ब्रिक्सलाई वैकल्पिक फोरमका रुपमा अघि सारिएको छ । जसमा ब्राजिल, रुस, भारत, चिन र दक्षिण अफ्रिका सामेल छन् । र यसलाई पश्चिमाहरुको आर्थिक र भूराजनैतिक दबदवा हटाउन बनाईएको हो ।
सफ्ट पावर
शताब्दीभर अमेरिकी मूल्य मान्यता र प्रभावलाई संसारभर पुर्याउन हलिउडले मुख्य भूमिका निर्वाह गरेको थियो ।
चीन र भारत पनि यहि रणनीतिलाई प्रयोग गरिरहेका छन् ।
चीनमा २००७ पछि सिनेमा हलहरुको संख्या २० गुणाले वृद्धि भएको छ । अमेरिकामा ४१ हजार, भारतमा ९ हजार ३ सयको सट्टा चिनमा सिनेमा घरहरुको संख्या ८० हजार पुगेको छ ।
कोरोना महामारी अघि चाइनाउडले कैयौं बलिउड फिल्म स्टुडियोहरु अधिग्रहण गरेर र फिल्महरुमा सह निर्माता बनेर संसारभर आफ्नो प्रभाव बढाउने क्रम जारी राखेको थियो । तर सन २०२० र २०२१ मा लगातार अमेरिकी फिल्म बजारलाई पछि पारेको चाइनाउड लकडाउडको बक्सअफिस सन २०२२ मा ३६ प्रतिशतले घटेको थियो ।
बलिउडले भारतीय चलचित्रहरुलाई संसारमा पहिचान दिलाएको छ । चीनमा दंगल चलचित्रले हलिउड चलचित्रहरुको भन्दा राम्रो व्यापार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्