Shikhar Insurance
National Life

अख्तियारद्वारा वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्