Shikhar Insurance
National Life

करोडौं लगानीमा बनेको चितवनको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार ११:०७
Hyundai
NCELL
NIMB

चितवन। उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर, त्यसयता प्रयोगविहीन अवस्थमा छ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले १ करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो। निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उनले भने, “सङ्घीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग संघलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो । तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएको छ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग सङ्घलाई हस्तान्तरण गर्ने निर्णय बदर भएको उनले बताए। उनले भने, “मन्त्रीस्तरको निर्णयका कारण कसलाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय बनेको छ । अब मन्त्री पाएका छौँ केही निर्णय हुन्छ।”

प्रदेश सरकारले प्रदेशभित्रका लघु तथा साना उद्योगको उत्पादित सामग्रीलाई बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको यस बिक्रीकक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ। यस भवनमा वर्षभरि नै व्यवसाय प्रवर्द्धन गर्न सकिने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीले लाभ लिन पाएका छैनन्।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्