एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।
मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो ।
उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेृका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्याएकका थिए ।
उनले भने, “आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।” गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनकाे कामसँग सम्बन्धित थियो वा उनकाे पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो ।
छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।
सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्