काठमाडौं । काठमाडौं उपत्यकामा भोली (जेठ ११ गते) बिहिबार सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारले सार्वजनिक विदाको सूचिमा मछिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिइने उल्लेख गरेको छ ।
गत जेठ ८ गते जावलाखेलमा पुर्याइएको मछिन्द्रनाथको रथ भोलि भोटो देखाएसँगै जात्रा सम्पन्न हुनेछ ।
मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भने यकिन छैन ।
प्रतिक्रिया दिनुहोस्