Shikhar Insurance
National Life

सांसद भण्डारीले भनेः ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडाैं। ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् ।

आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे । गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर पर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए। उनले गत वर्ष ग्यासलगायतको जलनबाट १ सय १० जनाको ज्यान गएको जानकारी दिए। यस वर्षमात्रै हालसम्म १ सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेस गरे।

उनले भने, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौं । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए। आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एसियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए।

उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए। हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उहाँले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे।

उनले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्