Shikhar Insurance
National Life

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गरेका थिए । उनीहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्