काठमाडाैं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्