Shikhar Insurance
National Life

सुन आयात गरेर गहना निर्यात गरौं, कोटा प्रणाली हटाऔंः महासंघ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी आयातको कोटा प्रणाली हटाउन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष मानिकरत्न शाक्य नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनचाँदी आयातको कोटा हटाउन माग गरेको हो । हाल सरकारले सुनको आयात कोटा दैनिक १० किलो तोकिदिएको छ ।

‘अहिलेकै कोटा अनुसार जाने हो भने नेपालको सुन बजार तस्करीमा आधारित बजारमा रुपान्तरण हुन्छ, सरकारले कोटामा पुनर्विचार गर्नुपर्छ’, महासंघ अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको कुराकानी उदृत गर्दै भने । उनले सुन आयातलाई पूर्णतः बजारलाई छाडिदिनुपर्नेमा जोड दिए । वास्तविक व्यवसायीहरुलाई आवश्यक पर्ने सुन आयात गर्न दिनुपर्नेमा पनि जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुन आयात गरेर व्यापार गर्न नदिएर सरकारले नागरिकको व्यवसायीक स्वतन्त्रता हनन गरेको आरोप पनि उनले लगाए । सुन आयात गरेर गहना निर्यात गर्दा १५ देखि २० प्रतिशतसम्मको मूल्यअभिवृद्धि(भ्यालु एड) रहेको दावी पनि उनले गरे । त्यस बाहेक रोजगारी र राजश्वमा पनि योगदान गर्ने उनको भनाई छ । व्यवसायीले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६० करोड रुपैयाँ बराबरको गरगहना निर्यात गरेको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्