Shikhar Insurance
National Life

नेप्सेसँगै बढ्यो कारोबार रकम, कुन कुन कम्पनीले कमाए सर्वाधिक ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो कारोबारको दिन अर्थात् गत साताको बिहिबार ३२.३० अंक बढेको सेयर बजार आइतबार पनि सामान्य अंक बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक सामान्य अंक बढ्दा राष्ट्रीय बीमा कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर १० प्रतिशत अर्थात् १ हजार २८२ रुपैयाँ ५० पैसा बढेर प्रतिकित्ता १४ हजार १०७ रुपैयाँ ५० पैसा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, आत्मनिर्भर लघुवित्तको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । सनराइज फोकस इक्विटी फण्डको मुल्य ७.८० प्रतिशत, पोखरा फाइनान्सको ६.१६ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ५.५७ प्रतिशत र नेको इन्स्योरेन्सको ५.१५ प्रतिशतले सेयर मूल्य बढेको छ भने, बाँकी कम्पनीको सेयर मुल्य ४.५० प्रतिशत भन्दा कमले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ५.८८ प्रतिशतले बढेर १,८८३.२०को विन्दुमा पुगेको छ । त्यस्तै, ठूूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.१४ प्रतिशतले बढेर ३५८.३३ को विन्दुमा पुगेको छ ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । दिनभरीमा २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख रुपैयाँमा खरिदब्रिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ९३ कम्पनीको सेयर मुय बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने, १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन सर्वाधिक सेयर मूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तारागाँउ रिजेन्सी होटलको ४ करोड १ लाख, सिटिजन इन्भेष्टमेण्ट ट्रस्टको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६४ लाख रुपैयाँ बरबरको सेयर खरिदबिक्री भएको हो ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निजीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८० प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक पनि यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्यूत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको हो।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्