Shikhar Insurance
National Life

मरिण गाउँपालिकाद्वारा छात्रालाई साइकल र १ लाख वितरण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार ११:१७
Hyundai
NCELL
NIMB

सिन्धुली। यहाँको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरूप साइकल र १ लाख रूपैयाँ नगद वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उनले भने, “हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने ५ जनालाई १ लाख प्रोत्साहन स्वरूप प्रदान गरेका छाैं ।” पालिकाभित्र दुई उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत १ सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए।

मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना एक सय एक महत्वपूर्ण उपलब्धिसमेत सार्वजनिक गरेका थिए।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्