Shikhar Insurance
National Life

एभरेष्ट बैंकको खाताबाट ग्राहकको डेढ करोड रुपैयाँ गायब, हाकिमसहित ९ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्राहकको खाताबाट पैसा झिकेपछि एभरेष्ट बैंकका कर्मचारीसहित ९ जना पक्राउ परेका छन् । एभरेष्ट बैंकको इटहरी शाखाका प्रबन्धकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पटक पटक गरि ग्राहकको एक करोड ५० लाख रुपैयाँ झिकेर आफैं प्रयोग गरेका थिए ।

विगत पाँच महिनाको अवधीमा एभरेष्ट बैंक इटहरी शाखाका अपरेशन हेड निरज प्रधानको नेतृत्वमा ग्राहकको खाताबाटै रकम चोरी गरेका हुन् । प्रहरीले राईसहित एभरेष्ट बैंकका थप ६ जना कर्मचारीलाई पनि पक्राउ गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ पर्नेमा बैंकको हाल गाईघाट शाखाका अपरेसन इन्चार्ज(तत्कालिन इटहरीका इञ्चार्ज) नीरज प्रधान, इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्य, दावा लामा, मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल, शंकर भुजेल र अजय खिउजु छन् ।

निरज प्रधानकै योजनामा बैंकका अन्य कर्मचारीसमेतको मिलेमतोमा ग्राहकको खाताबाटै रकम झिकेर अपचलन गरेको फेला परेको प्रहरीले जनाएको छ । उनीहरूले हालसम्म ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी गरेको देखिएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्