Shikhar Insurance
National Life

वित्तीय सुशासन जोखिम मूल्यांकनः मेलम्ची प्रथम

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १०:४९
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९.५ प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२.८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखांकन तथा प्रतिवेदनमा शतप्रतिशत, अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा ८१.२५ र राजस्व व्यवस्थापनमा ८५.२९ प्राप्त गरेको जनाइएको छ । जिल्ला समन्वय समितिले मूल्यांकन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो मूल्यांकनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अंक, हेलम्बु गाउँपालिकाले ४१.५ अंक, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६०.५ अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१.५अंक, लिसङ्खुपाखर गाउँपालिका ५४.५ अंक र सुनकोसी गाउँपालिकाले ४२.५ अंक प्राप्त गरेका छन् । मेलम्चीले आर्थिक वर्ष २०७७/७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८६ प्रतिशत अंक दाबी गरेको छ । स्वमूल्यांकनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२.८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३.८२ परिणात्मक स्थितिमा ८४.४४ प्रतिशत अंक दाबी गरेको छ । अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्यांकनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिए। नगरपालिकाको मूल्यांकनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्यांकनमा प्रथम भएको नगरपालिकाले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्