Shikhar Insurance
National Life

कैदीबन्दीलाई ढेड लाख बराबरको औषधि सहयोग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १३:५८
Hyundai
NCELL
NIMB

चितवन । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गरेका हुन्। विगत एक महिना १५ दिनदेखि कारागार प्रशासनमा औषधिको अभाव हुँदै आएको समाचार प्रकाशन भएसँगै इकाइले १ लाख ५० हजार रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको हो । दीर्घरोगी र अन्य बिरामीका लागि आवश्यक औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, “अहिले बिरामीलाई औषधि पुर्याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्लो वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।”

कारागारमा हाल ४७ जना, महिला चार जना
नाबालक/नाबालिकासहित ७ सय ५६ जना कैदीबन्दी छन् । तिनीहरुमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने उनले बताए । उनका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ मात्रै बजेट पठाएको छ ।

अघिल्लो वर्ष २५ लाख रुपैयाँ पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष ४८ लाख रुपैयाँ पठाएको जनाउँदै उनले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए। आएको बजेटमा समेत आर्थिक मन्दीका कारण २० प्रतिशत कटौती भएको उनले जानकारी दिए।

औषधिको चरम अभाव भएपछि १५ लाख माग गरेकामा २ लाख रुपैयाँमात्रै प्राप्त भएको आचार्यले जानकारी दिए। कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर केही औषधि जुटाएको छ ।

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । उनका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्