Shikhar Insurance
National Life

वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले प्रदेश सरकारसँग विशेष प्याकेजसहितको बजेट व्यवस्था गर्न आग्रह गरेको छ ।

मधेस प्रदेश सरकारको अर्थमन्त्रालयले महोत्तरीको बर्दिवासमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेटसम्बन्धी छलफल कार्यक्रममा सहभागी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरको समग्र विकासका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन आग्रह गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वीरगञ्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरका लागि विशेष प्याकेजको बजेट व्यवस्था गर्न आग्रह गर्दै महानगर प्रमुख सिंहले प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगञ्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनसमेत आग्रह गरे।

“माननीय मन्त्रीज्यू, आयोगका उपाध्यक्षज्यूसहितको टोलीलाई एकपटक वीरगञ्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन निमन्त्रणा गर्दछु”, महानगरप्रमुख सिंहले भने, “तपाईंहरूले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगञ्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ, त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।”

सङ्घीय सरकारबाट देशका छ वटा महानगरमध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानगरले पाइरहेको उल्लेख गर्दै उनले त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्ने बताए।

वीरगञ्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध सहर बनाउनका लागि प्रदेश सरकारले वीरगञ्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादव, मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, मन्त्रालयका सचिव, प्रदेशसभा सदस्य, पालिकाका प्रमुखका साथै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको सहभागिता थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्