Shikhar Insurance
National Life

विद्यालयद्वारा विद्यार्थीलाई १ वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १८:३८
Hyundai
NCELL
NIMB

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि वितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए । विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उनले भने, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’ अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्ने एनआरएनए र देवराली फाउण्डेशनप्रति धन्यवाद व्यक्त गरे।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब विद्यार्थीलाई पठन पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कापी उपलब्ध गराएको बताए।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देवराली फाउण्डेशनका अध्यक्ष भिम पौडेल, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्