Shikhar Insurance
National Life

नेप्सेसँगै बढ्यो कारोबार रकम, आत्मनिर्भर लघुवित्तको सेयर पोजेटिभ सर्किटमा कारोबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकको सुधार आएको छ । अघिल्लो कारोबारको दिन झिनो अंकले बढेर बन्द भएको सेयर बजार आज दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.३९ अंकले बढेर १,८४५.०१ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४ अंकले बढेर ३५२.९४ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर ९.९९ प्रतिशत अर्थात ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसा पुगेको हो ।

त्यसैगरी, इस्ट्रन हाइड्रोपावर कम्पनीको ९.७ड प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ९.७३ प्रतिशत, आदर्श लघुवित्तको ८.०६ प्रतिशत र सहाश उर्जाको ७.८८ प्रतिशत सेयर मूल्य बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारको आएको माई खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.९३ प्रतिशतले घटेको छ ।

दिनभरीमा २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन नेप्से ३ अंकले बढ्दा ६४ करोड एक लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शर्षि स्थानमा छ । कम्पनीको ५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको ४ करोड ७४ लाख, एनआइसी एशीय बैंकको ४ करोड ७४ लाख, सिटी इन्भेष्टमेण्ट ट्रस्टको २ करोड ११ लाख र माई खोला हाइड्रोपावर कम्पनीको १ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्