Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, एनआईबीएल ग्रोथ फन्डकाे मूल्य सर्वाधिक वृद्धि

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन अर्थात् आइतबार १६.९६ अंकले घटेर बन्द भएको सेयर बजार आज पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३.३४ अंकले घटेर १,८१८.३१ को बिन्दुमा झरेको हो । त्यसैगरी, ठूला कम्पनीको सेयर मापन सेन्सेटिभ इण्डेक्स पनि ०.५७ अंकले घटेर ३४९.०१ को बिन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से परिसूचक घटे पनि यसदिन एनआईबीएल ग्रोथ फन्डको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्तको ६.११ प्रतिशत, राप्ती हाइड्रोको ६.०४ प्रतिशत र सिभिल लघुवित्तको ४.४९ प्रतिशत सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा कमले बढेको छ । कारोबारमा आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी ६.४५ प्रतिशतले घटेको छ ।

यसदिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँमा खरिद बिक्री भए । अघिल्लो कारोबारको दिन ८९ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ९६ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर घटेको छ भने, १९ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ । बैंकको ३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्याेरेन्सको २ करोड ९८ लाख र सिटिजन इन्भेष्टमेण्ट ट्रस्टको २ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्