काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा( एमाले)का नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”
रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिन अर्घाखाँचीमा कार्यक्रम सकेर काठमाडौं फर्किन लागेका रायमाझी पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि फरार भएका थिए ।
रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले वैशाख २० मै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्