Shikhar Insurance
National Life

ज्योति लाइफको आईपीओमा करिब तीन अर्बको आवेदन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १७:२०
Hyundai
NCELL
NIMB

कठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार पाँच बजेसम्ममा ज्योतिको आईपीओमा १३ लाख ७६ हजार ७ सय ६१ ज्ना आवेदकले २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको आवेदन गरेका हुन् ।

२ करोड ९८ लाख ७७ हजार ५ सय ४० कित्ताका लागि आवेदन परिसकेको हो । ज्योतिको आईपीओ फागुन २१ गतेदेखि निष्काशन आरम्भ भएको हो २६ गतेसम्म आवेदन दिन पाइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । औषतमा १५ लाख आवेदन परिरहेको अवस्थामा गोला प्रथाबाट ४ लाख ९४ हजार आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३।०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ । कम्पनीले उत्कृष्ठ व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्