Shikhar Insurance
National Life

सत्यमोहन जोशीको रचना प्रकाशनमा महालक्ष्मी विकास बैंककाे सहयाेग

सिंहदरबार संवाददाता
२०८० बैशाख २८, बिहीबार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गर्न उनिद्धारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रुप प्रदान गर्न बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कला सम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशी द्धारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा मिति २०८०/०१/२७ गते बेलुका ५ बजे यस बैंकको उपस्थीतीमा एक समारोहको बिच लोर्कापण भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्