Shikhar Insurance
National Life

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले नाघ्यो वाञ्छित सीमा

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालू आर्थिक वर्षको सुरुवाती ९ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ ।

चालू आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर, चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव ७६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको खर्च १ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ र राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत बराबर हो ।

९ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८.१ प्रतिशतले तथा निर्यात २६.३ प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्