Shikhar Insurance
National Life

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा बुधबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन १ लाख ११ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो

Citizen Life
Kumar Bank
Prabhu Insurance

तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी विगत चार दिनदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबारकै कायम मूल्य एक हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य २०३०.६ डलर पुगेको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्