Shikhar Insurance
National Life

ईङवा हाइड्रोपावरको आईपीओ भाग्यमानी ९ जनाले पाए ११ कित्ता, नतिजा कसरी हेर्ने ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा सेयर बाँडफाँट भएको हो । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि आवेदन दिएको थियो । त्यसमध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेका हुन् ।

कम्पनीको उक्त आईपीओमा योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बाँकि भएको ९ कित्ता सेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एकरएक कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार अधिकतम ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । उक्त सेयरमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन ल्याएको थियो ।

जसमध्ये पनि १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुलाई र ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण भएको हो ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, ईङवा हाइड्रोपावरको वेबसाइट, सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउँन सकिने छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्