Shikhar Insurance
National Life

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी, ५० लाख क्षतिपूर्ति तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार ०८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् ।  अमेरिकी लेखक इ. जिन क्यारलले दायर गरेको यौन दुर्व्यवहार सम्बन्धी मुद्धामा ट्रम्प दोषी ठहर भएका हुन् । क्यारलले ट्रम्प विरुद्ध आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् ।

उक्त मुद्दामा म्यानहटन ज्युरीले सुनुवाईपछि फैसला गर्दै ट्रम्पलाई दोषी ठहर गरेको हो । यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्रम्प सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा छन् । अदालतको यो आदेशले ट्रम्पको निर्वाचन यात्रामा झट्का लागेको छ ।
क्यारलले ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्