Shikhar Insurance
National Life

करिब १७ अंकले घट्यो नेप्से, कारोबार रकम भने सुधार

सिंहदरबार संवाददाता
२०८० बैशाख २५, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १९.१२ अंकले घटेर बन्द भएको नेप्से सोहि क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० कम्पनीको २५ हजार ५८८ पटकको कारोबारमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख १० हजार ६२७ कित्ता सेयर खरिदबिक्री भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सोमबार १६.९३ अंक घटेर १८३३.६९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक घटेको छ।

यसदिन कारोबारमा आएको ३४ कम्पनकिो सेयर मूल्य बढेको छ । १८१ कम्पनीको घटेको छ भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०५ प्रतिशत बढेको छ। त्यसैगरी, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.०८ प्रतिशतले बढी बढेको छ। अन्य कम्पनीको सेयर मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ३८ रुपैयाँ ७० पैसा घटेर ३४८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावरको सेयर मूल्य यस दिन ६.३७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख, हिमालयन डिष्टिलरीको २ करोड २० लाख र तारागाउँ रिजेन्सी होटलको २ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्