Shikhar Insurance
National Life

पवन गोल्यान नेतृत्वको सीटी होटलको आईपीओमा आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०८० बैशाख २५, सोमबार ०९:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्यमी पवन गोल्यान नेतृत्वको सिटी होटल लिमिटेडको आइपीओमा आवेदन खुलेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेका हो ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कुल निष्काशनमध्ये ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाडँफाँड गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा आजबाट सर्वसाधारणले आवेदन दिन सक्ने छन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्