Shikhar Insurance
National Life

बैंकले कर्जा दिएर मात्रै देशको विकास हुँदैन, प्रोजेक्ट फाईनान्सिङ गर्नुपरोःअध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब बैंकहरुले परियोजनामा आधारित कर्जा लगानीमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै अध्यक्ष हमालले धितोमा कर्जा दिएर मात्रै देशको उन्नति नहुने बताएका हुन् ।

हमालले भने, हामीलाई पुर्वाधारमा लगानी गर्न लामो अवधिको श्रोत आवश्यक परेको छ । नेपालमा लामो अवधिको प्रोजेक्ट फाईनान्सिङ आवस्यक छ । सबै बैंकले धितोमा ऋण दिएर मात्रै हुन्न ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाली अर्थतन्त्रको मुल समस्या नै ब्याजदरको उतारचढाव भएको पनि बताए । अर्थतन्त्रमा अहिले देखिएको जोखिम पनि ब्याजदरको अनावश्यक उतारचढावकै कारण भएको पनि उनको निष्कर्ष छ । उनले बैंकहरुलाई लगानीको क्षेत्र पनि तोकिदिनु पर्नेमा जोड दिए ।

बैंकहरुको लगानी क्षेत्र एउटा मात्रै भयो, क, ख र ग वर्गका बैंकले उस्तै लगानी गरिरहेका छन् । हमालले भने, पूँजी बजारमा नयाँ नयाँ टुल्स ल्याउने प्रयास भैरहेको बताउदै साना पूँजीका कम्पनीहरुका लागि छुट्टै एसएमइज प्लेट फर्म तयार हुन लागेको पनि जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्