Shikhar Insurance
National Life

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ६० करोडमा झर्याे

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार १२.७३ अंक बढेर बन्द भएको सेयर बजार यसदिन घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१२ अंकले घटेर १,८५०.६१ को विन्दुमा झरेको छ । भने ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घटेर ३५४.७८ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख रुपैयाँमा खरिदबिक्री भए । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको हो। अघिल्लो कारोबार दिन ७३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । कारोबारमा आएको २३ कम्पनकिो सेयर मूल्य बढेको छ । १८७ कम्पनीको घटेको छ भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अन्सार यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक बढेको छ । लघुवित्तको सेयर प्रतिकित्ता ४१ रुपैयाँ २० पैसा अर्थात ८.२२ प्रतिशतले बढेर ५४२ रुपैयाँ ७० पैसा पुगेको हो । त्यस्तै इष्टर्न हाइड्रोपावर कम्पनीको ७.६१ प्रतिशत बढेको छ । कारोबारमा आएको एनएमबी डिबेन्चर्स ८.५० प्रतिशत २०८७/८८ को मूल्य सबैभन्दा बढी ८.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमकोे आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर करोबार भएको हो । त्यसैगरी, मक्कर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको १ करोड ८९ लाख र नबील बैंकको १ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने, बाँकी कम्पनीको साढे एक करोड भन्दा कम सेयर कारेबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्